
पाँच सय भन्दा बढी माओवादी नेता तथा कार्यकर्ताको संख्या रहेको उक्त जुसुलले निर्वाचनको विरोधमा नारासहित बहिस्कार विरुद्धको प्रचार छर्दै विरोध जुलुस निकालेको थियो । जुलुसपछि स्थानीय सर्वसाधरणहरु भने त्रासिन बनेका छन् ।
निर्वाचन शान्तिपूर्ण हुने या नहुने भन्ने शंका उब्जिरहेको बेला जसरी पनि निर्वाचन हुन नदिने घोषणा गरेको नेकपा माओवादी स्थानीय पार्टी कमिटीको आयोजनामा निकालिएको र्यालीले निर्वाचन भयरहित हुनेमा भने सर्वसाधरण थप चिन्तित बनेको देखिएको छ ।
भोटाहिटीबाट विभिन्न चोक तथा शहर हुँदै ठहिटीमा पुगेर विरोध र्याली समापन गरिएको थियो । विरोधसभामा बोल्दै माओवादी केन्द्रिय सदस्य एकराज भण्डारीले जनयुद्धको महत्वपूर्ण एउटा शक्तिलाई बाहिर राखेर गरिने निर्वाचनको कुनै औचित्य नहुने भन्दै निर्वाचन बहिस्कार गर्नुको कुनै अर्थ नरहने बताए ।