राजधानीमा माओवादीको विरोध जुलुस प्रदर्शन

कात्तिक २२ । सरकारले चुनावको विरोध गर्नेलाई कारबाही गर्छु भनिरहेको बेला आज राजधानीको मुटु मानिने भोटाहिटी, असन, न्यूरोड आसपास तथा ठमेलसम्म निर्वाचन बहिस्कारको नारासहित विरोध जुलुस प्रदर्शन भएको छ ।

पाँच सय भन्दा बढी माओवादी नेता तथा कार्यकर्ताको संख्या रहेको उक्त जुसुलले निर्वाचनको विरोधमा नारासहित बहिस्कार विरुद्धको प्रचार छर्दै विरोध जुलुस निकालेको थियो । जुलुसपछि स्थानीय सर्वसाधरणहरु भने त्रासिन बनेका छन् ।

निर्वाचन शान्तिपूर्ण हुने या नहुने भन्ने शंका उब्जिरहेको बेला जसरी पनि निर्वाचन हुन नदिने घोषणा गरेको नेकपा माओवादी स्थानीय पार्टी कमिटीको आयोजनामा निकालिएको र्यालीले निर्वाचन भयरहित हुनेमा भने सर्वसाधरण थप चिन्तित बनेको देखिएको छ ।

भोटाहिटीबाट विभिन्न चोक तथा शहर हुँदै ठहिटीमा पुगेर विरोध र्याली समापन गरिएको थियो । विरोधसभामा बोल्दै माओवादी केन्द्रिय सदस्य एकराज भण्डारीले जनयुद्धको महत्वपूर्ण एउटा शक्तिलाई बाहिर राखेर गरिने निर्वाचनको कुनै औचित्य नहुने भन्दै निर्वाचन बहिस्कार गर्नुको कुनै अर्थ नरहने बताए ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।
  • 4 COMMENTS

    1. सत्ता बन्दुकको नालवाट जन्मन्छ, बन्दुकको नालमा नै टिकेको हुन्छ अनि बन्दुककै नालवाट सत्ता ढल्छ क.माओ । सक्नेहरुले हिम्मत गरे त भै हाल्यो नी………………।

    2. आगोको सानो झिल्कोले पनि साह्रा बस्ति सखाप पार्न सक्छ, कम आँक गर्न हुँदैन है.

      Typed with Panini Keypad

    3. आगोको सानो झिल्कोले पनि साह्रा बस्ति सखाप पार्न सक्छ, कम आँक गर्न हुँदैन है.

      Typed with Panini Keypad

    Comments are closed.