कात्तिक २२ । नेपाली कांग्रेसले चुनावी आचारसंहिताको उल्लंघन गरेको भन्दै एमाओवादीका विरुद्ध निर्वाचन आयोगमा उजुरी दिएको छ ।
मेची महाकाली जागरण अभियानका क्रममा चुनावलाई प्रभावित हुने गरी आचारसंहिता विपरित व्यानर लगायतका प्रचार सामग्री प्रयोग गरेको, सवारी साधनको दुरुपयोग गरेको र सर्वसाधारणलाई असर पर्ने गरी सडक अवरुद्ध गरेर र्याली निकालेको भन्दै कांग्रेसले उजुरी दिएको हो ।
शुक्रबार प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती तथा आयुक्त दोलखबहादुर गुरुङसँग भेट गरी कांग्रेसले आचारसंहिता उलंघनका बारे उजुरी दिएको हो ।
कांग्रेसले एबीसी टेलिभिजनले आचार संहिता विपरीत एमाओवादीको चुनाव प्रचार प्रसारको प्रत्यक्ष प्रसारण गरेको, गोपीकृष्ण टिभी फिल्मीले राप्रपा नेपालको चुनावी प्रचार प्रसार अभियानको निरन्तर प्रसारण गरेको भन्दै त्यसको पनि छानबिन गर्न पनि माग गरेको छ ।