ललितपुरमा तीनजना बालबालिकासँगै एकैघरका ६ जनामा कोरोना संक्रमण भएको छ ।

साउन ६ गते ललितपुर महानगरपालिका १४ थसिखेलकी एक महिलामा संक्रमण देखिएको थियो ।

उनको सम्पर्कमा आएका परिवारमा परीक्षण गर्दा थप ५ जनामा समेत संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

संक्रमित ६७ वर्षीया महिला पर्सास्थित वीरगन्जबाट दुईहप्ता अघि मात्रै काठमाडौं आएकी थिइन । उनलाई संक्रमण पुष्टि भएपछि सुरुमा ४४ वर्षीय छोरामा परीक्षण गरिएको थियो ।

उनको रिपोर्ट पनि कोरोना पोजिटिभ रहेपछि परिवारका वाँकी सदस्यको परीक्षण गराइएको थियो । सोमबार आएको रिपोर्टमा परिवारका अन्य ४ सदस्यमा पनि कोरोना संक्रमण देखिएको हो ।

सोमबार कोरोना पुष्टि हुनेमा ३९ वर्षीया महिला, १० वर्षीया बालिका, ५ र २ वर्षीय बालक रहेका छन् । कोरोना संक्रमण देखिएकी ३९ वर्षीया महिला पाठेघरको क्यान्सर भएको ललितपुर महानगरपालिकाका फोकल पर्सन देवी गुरुङले बताइन । गुरुङले भनिन् ‘उनीहरु एउटै परिवारको हो की होइन भन्ने एकिन भैरहेको छ ।’

अर्का कोरोना संक्रमित भने १ महिना अघि दुबईबाट फर्किएका २९ वर्षीय पुरुष रहेका छन् । गोदावरी नगरपालिका–११ चापागाउँका उनी चापागाउँस्थित साग्रिला क्वारेन्टाइनमा बसिरहेका थिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।