मंगलबार पनि सुनको भाउले नेपाली बजारमा नयाँ रेकर्ड राखेकाे छ ।

अघिल्लो दिन सोमबार सुनको मूल्य प्रति तोलामा १ हजार २०० रुपैयाँले बढेर प्रति तोला ९७ हजार ५०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार फेरि ह्वात्तै बढेर हालसम्म कै उच्च मूल्यमा कारोबार भएको छ ।

नेपाल सुनचाँदी ब्यबसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा ७ सय रुपैया बढेर ९८ हजार २ सय रुपैयामा कारोबार हुने भएको छ ।

महासंघका अनुसार मंगर तेजाबी सुनको भाउ प्रति तोला ९७ हजार ७ सय ६० रुपैयाँ रहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदीको मूल्य अघिल्लो दिनको भन्दा ५५ रुपैयाँले बढेर प्रति तोला १ हजार २ सय १० रुपैयाँ पुगेकोमा मंगलबार फेरि तोलामा ३५ रुपैयाले बढेर १ हजार २ सय ४५ रुपैया पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।