कात्तिक २२ । चुनावमा हेलिकप्टर चार्टर गरेर प्रचारमा हिड्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पहिलो नम्बरमा छन् । उनका प्रतिस्पर्धी भने परिवार दलका अध्यक्ष एकनाथ ढकाल बनेका छन् ।

विघटित संविधानसभाको सबैभन्दा ठूलो दलका अध्यक्षसँग सबैभन्दा सानो दल परिवार दलका अध्यक्षले हेलिकप्टर चार्टर गर्न प्रतिस्पर्धा गरेका हुन् ।

निर्वाचन आयोगले हेलिकप्टर उडानमा दिएको सहमतिको तथ्यांकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालपछि सबैभन्दा बढी हेलिकप्टर उडाउनेमा परिवार दलका अध्यक्ष ढकाल रहेको कान्तिपुरमा खबर छ ।

परिवार दलका अध्यक्ष ढकालले कात्तिक २२ मा भोजपुर, संखुवासभा र ओखलढुंगा, कात्तिक २५ र २६ मा रोल्पा, कालिकोट र अछाम, कात्तिक २७ गते सुर्खेत र दैलेखका आमसभालाई सम्बोधन गर्न हेलिकप्टर प्रयोगको अनुमति लिएको खबरमाा उल्लेख छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।