कात्तिक । आसन्न निर्वाचनलाई प्रभावित पार्ने गरी कात्तिक २५ देखि मंसिर ५ गतेसम्म घोषित बन्द यथावत नै रहेको माओवादीले जनाएको छ ।
पार्टी प्रवक्ता पम्फा भुसालले बिहीबार विज्ञप्ति जारी गर्दै पार्टीसहित ३३ दलीय मोर्चाले आह्वान गरेको कार्यक्रम यथावत रहेको जानकारी गराएकी छिन् ।
पार्टी उपाध्यक्ष सिपी गजुरेलले २५ गतेको बन्दपछि पनि सरकार निर्वाचन सार्न तयार नभए त्यसै दिन ३३ दलको बैठक बसेर थप आन्दोलनको कार्यक्रम ल्याउने समेत बताए ।
उपाध्यक्ष गजुरेलले २५ गते हुने नेपाल बन्दले नै सरकारलाई निर्वाचन सार्न बाध्य पार्ने ठोकुवा समेत गरे । २५ गते नै निर्वाचनको मिति सारिए थप अगाडी बन्द गर्न आवश्यक नै नपर्ने उनको भनाई छ ।
नेपाली जनताले १९ दिने जनआन्दोलनको बेला १९ दिनसम्मको बन्द स्वीकारलेकाले अहिलेको १० दिन स्वीकार्दैनन् कि भन्ने आशंका नगर्न समेत उनले आग्रह गरे ।
आफूहरु हतियार नउठाउने र बन्द हिंसात्मक नबनाउने भन्दै उनले मतदानका दिन मतदातालाई कुनै पनि हालतमा मतदान केन्द्रसम्म आउन भने नदिने स्पष्ट पारेका छन् ।