कात्तिक । वैदेशिक रोजगार विभागमा असोज महिनामा सस्थांगत र व्यत्तिगत गर्दै ५ करोड ७६ लाख ८२ हजार ७ सय ८० रुपैंया रकम बराबरको उजुरी परेको विभागको तथ्याङकले देखाएको छ ।
विभागमा सस्थांगत १ सय तीन र व्यक्तिगत तर्फ ६३ ठगिका उजुरी परेका छन । उजुरीमा व्यक्तिगत तर्फ चार करोड ३३ लाख ६५ हजार एक सय ३० रुपैया बराबरको विगो दावी गरिएको छ । सस्थांगत तर्फ परेको एक सय तीन उजुरीमा एक करोड ४३ लाख १७ हजार ६ सय ५० रकम बराबरको रकम दावी गरिएको विभागको तथ्याङकले देखाएको छ । विभागका निर्देशक दिवस आचार्यले व्यक्तिगत तर्फ ढुकुटी, विभिन्न कन्सल्टेन्सी व्यक्तिगत लेनदेनका उजुरी दर्ता हुने गरेको बताए ।
पछिल्लो समयमा यस्ता उजुरी बढदै गएको आचार्यले बताए । विभागमा दर्ता भएका व्यक्तिगत ६३ उजुरीमा १३ उजुरीको फरफारक भए पनि ५ उजुरी भने अदालतमा दर्ता भएको छ ,जसको एक करोड नौ लाख ७६ हजार बराबरको जाहेरी रकम रहेको विभागले जनाएको छ । विभागमा व्यक्तिगत ठगिमा आएको उजुुरीको फरफारक रकम एक करोड ९ लाख ७६ हजार रहेपनि अदालतमा २८ करोड २४ लाख ३५ हजार बराबरको विगो दावी गरिएको छ ।
व्यक्तिगतमा परेको उजुरी पिडित र पिडक मिलेको खण्डमा विभागमानै छिनो फानो हुने भए पनि दुवै पक्ष नमिलेमा अदालतमा पेश गर्ने गरेको आर्चाको भनाई छ । यस्तै विभागमा दर्ता भएको उजुरीमा सस्थांगत तर्फ एक सय तीन वटा उजुरी परेका छन ।