काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न २२ जिल्लामा २१० जना कोरोना संक्रमति थपिएका छन् । देशभरका प्रयोगशालामा ६ हजार ३७ नमुना परीक्षण गर्दा २१० जनामा पुष्टि भएको हो ।
योसँगै कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ । उनीहरुमध्ये ४९ जनाको मृत्यु भएको छ भने १४ हजार २१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै डोटीमा डोटी ५२ जना संक्रमित थपिएका छन् । यस्तै पर्साका ३४, स्याङजाका २६, काठमाडौं र महोत्तरी १४, १४ जना, धनुषाका १२, मोरङ, कैलाली र कञ्चनपुर ८र८ जना तथा बाग्लुङ र धादिङका ७÷७ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै सप्तरी, कपिलवस्तु, नवलपुर, म्याग्दी र बैतडीका २र२ जना तथा सुनसरी, भक्तपुर, सर्लाही रौतहट, तनहुँ र सुर्खेतका एकएक जनामा पनि संक्रमण पुष्टि भएको छ ।