काठमाडौं उपत्यकामा थप १५ जनामा कोरोना पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा थप १५ जनालाई कोरोना भाइरस पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार काठमाडौंमा १४ र भक्तपुरमा १ जना थपिएका हुन् । बुधबार देशभर २१० जनालाई कोरोना पुष्टि भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

पछिल्लो पटक काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या दिनदिनै बढेर गएको छ ।