कात्तिक २१ । एमाओवादी अध्यक्ष प्रचण्ड लक्षित गरेर अज्ञात समूहले मोरङका तीन ठाउँमा शंकास्पद बस्तु राखेको छ ।

मोरङको बेलाबारीमा गर्ने सम्बोधनलाई लक्षित गरी बुधबार बिहानै मोरङका तीन स्थानमा शंकास्पद वस्तु राखेको हो । ती शंकास्पद वस्तुहरुलाई सेना र प्रहरीले हटाएको छ ।

अज्ञात समूहले मोरङको किस्तीपुलदेखि पश्चिम, वेतना सिमसारक्षेत्रभन्दा दक्षिण र जिरीखिम्ती खोलाको पुलसमेत गरी तीन ठाउँमा प्रचण्डको कार्यक्रमलाई लक्षित गरी शंकास्पद वस्तुहरु राखेको थियो। ती स्थानहरुमा कुकरमा तार जोडेर भित्र बारुदको साटो बालुवा भरेर राखिएको थियो ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।