जनकपुरधाम । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका तीन जना कर्मचारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।
संक्रमित हुनेमा सामाजिक विकास मन्त्री नवल किशोर साहका सवारी चालक, उनको निवासमा भान्से रहेका एक कार्यालय सहयोगी र स्टोर किपर रहेका छन् ।
मन्त्रालय र प्रदेश स्वास्थ्य निर्देशनालयका २२ जना कर्मचारीको पीसीआर परीक्षण गरिएको थियो जसमध्ये तीनजनामा कोभिड—१९ पोजिटिभ रिपोर्ट आएको हो ।
प्रदेश २ मा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। हालसम्म यस प्रदेशमा ४ हजार ४ सय ८३ जना संक्रमित छन् भने १३ जनाले ज्यान गुमाइसकेका छन्।
Comments