कात्तिक २० । दैलेखमा तरुण दलका जिल्ला समिति सदस्य नविनसिंह रानामगर मृत अवस्थामा फेला परेका छन् ।

सल्लेरी गाविस– ३ स्थित घर नजिकै खोल्सामा मृत भेटिएका उनको हत्या भएको परिवारको दाबी छ ।

तिहारको अघिल्लो दिन देउसी भैलो खेल्ने क्रममा राजनीतिक विषयलाई लिएर एमाले सम्वद्ध यूवाहरुसग झगडा भएको र गाउँलेहरुले छुटाएको बताइएको छ ।

हत्या आंशकामा एमालेका ४ जना कार्यकर्ताहरुलाई पक्राउ परेका छन्। प्रहरीले उनीहरुलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय नौमुलेमा राखेको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।