कात्तिक २० । निर्वाचन आयोगले एमाओवादी समानुपातिक उम्मेदवार बालकृष्ण ढुंगेल र उशा शाह फकिरको उम्मेदवारी खारेज गरिदिएको छ ।

उम्मेदवारी खारेजीमा पर्ने ढुंगेल सर्वश्वसहित जन्मकैदको सजाय पाएपछि विवादित थिए । उनको उम्मेदवारका लागि अयोग्य भएको दाबी गर्दै एमालेका समानुपातिक उम्मेदवार रामकुमारी झाँक्रीले उजुरी दिएकी थिइन् ।

सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्या आरोपमा सर्वोच्चले ढुंगेललाई जन्मकैदको सजाय सुनाएको थियो ।

यता, राष्ट्रिय मुस्लिम आयोगमा सदस्य रहेर सरकारी सुविधा लिएको विषयमा फकिरविरुद्ध मोहम्मद जाकिर हुसैनले आयोगमा उजुरी परेको थियो । समानुपातिकका उम्मेदवारहरुबीच परेको उजुरीको छानविनपछि आयोगले बुधबार ढुंगेल र फकिरको उम्मेदवारी रद्द गरेको हो ।

समानुपातिक निर्वाचन प्रणाली अन्तरगत अब थप गर्न नमिल्ने भएकाले एमाओवादीका समानुपातिकमा २ सय ३३ जना मात्र उम्मेदवार भएका छन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।