पाटन अस्पतालमा आईसीयूमा उपचाररत महिला संक्रमितकाे मृत्यु



आज थप एक जना ललितपुर पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ : १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलाले बताएका हुन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

ललितपुर थसिखेलका बासिन्दा उनलाई साउन ६ गते अस्पताल भर्ना गरिएको थियो । निमोनियाको समस्या देखिएकी उनी हालसालै वीरगञ्जबाट आएकी थिइन् । स्टार अस्पतालमा कोरोना संक्रमण पुष्टि भएपछि पाटन अस्पताल सारिएको थियो ।

पाटन अस्पतालका निर्देशक विष्णुप्रसाद शर्माका अनुसार उनमा कोरोना संक्रमणको लक्षण पनि देखिएको थियो । डाक्टर शर्माले भने, ‘उनमा कोरोनाको सबै लक्षण थियो, आईसीयूमा उपचाररत रहेको बेला उनको मृत्यु भयो’।

बिहीबार मात्र वीरगन्जमा तीन जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको थियो । नेपालमा काेरोनाकोबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

तपाईलाई लागेको कुरा तल लेख्नुहोस्