काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मटितेलको मुल्य वृद्धि गरेको छ । नेपाल आयल निमगले इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै निगमले गएरातीदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटितेलमा प्रतिलिटर २/२ रुपैयाँ बढाएको छ ।
भारतीय आयल कर्पोरेसन्स (आइओसी) ले अगस्ट १ मा पठाएको मूल्य सूचीअनुसार इन्धनको मूल्य बढाएको निगमले जनाएको छ ।
मूल्य समायोजनपश्चात् पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १ सय ४, डिजेल ९० र मटितेल ९० रुपैयाँ पर्नेछ । हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै राखेको जनाएको छ ।
Comments