काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न २६ जिल्लामा २४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार २४६ जना संक्रमित फेला परेको जानकारी दिएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २० हजार ३३२ पुगेको छ । २४ घन्टामा काठमाडौं उपत्यकामा ३१ जना संक्रमित थपिएका छन् ।

यी हुन् स थपिएका जिल्लाहरुः

पछिल्लो २४ घण्टामा पर्सा ८१, काठमाडौं २२, सुनसरी १२, मोरङ १६, धनुषा ३५ जना संक्रमित थपिएका छन् ।

यस्तै, मन्त्रालयका अनुसार आइतबार चिवतन १, महोत्तरी ५, सर्लाही २, बझाङ २, डोटी १२, कैलाली १०, ललितपुर ८, बर्दिया १, दार्चुला १, गोरखा १
रौतहट २ थपिएका छन् । यस्तै, सिन्धुली १, भक्तपुर १, कास्की ५, बागलुङ १, लमजुङ ३, स्याङ्जा ८, तनहुँ २, बर्दिया ९, नवलपरासीपूर्व ३, रुपन्देही १ थपिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।