नयाँ दिल्ली । भारतका गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
गृहमन्त्री शाहले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गरेर यसबारे जानकारी दिएका छन् । उनले कोरोनाका सुरुवाती लक्षण देखिएपछि परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताएका छन् ।
आफ्ना स्वास्थ्य अवस्था ठीकै भएपनि डाक्टरको सल्लाहअनुसार अस्पतालमा भर्ना हुन लागेको जनाएका छन् । उनले आफ्ना सम्पर्कमा आएकाहरुलाई आफैं आइसोलेट भइ तुरुन्त परीक्षण गर्न पनि आग्रह गरेका छन् ।
Comments







