म्याग्दीमा कांग्रेस र एमालेबीच झडप

कात्तिक १८ । चुनावी विषयलाई लिएर म्याग्दीमा कांग्रेस र एमालेबीच झडप भएको छ ।

म्याग्दीको गलेश्वरमा नेपाली कांग्रेस र नेकपा एमाले समर्थित युवाहरुबीच हिजो साँझ झडप भएको हो ।

 कांग्रेसको आमसभा भैरहेको समयमा मादक पदार्थ सेवन गरेका केही व्यक्तिले एमालेको नारा लगाउँदै सभा बिथोल्न खोजेपछि झडप भएको कांग्रेसको भनाई छ ।

झडपमा कांग्रेसका तीन र एमालेका एक जना कार्यकर्ता घाइते भएका छन् । घाइते दिनेश केसीको अवस्था गम्भीर छ । थप उपचारका लागि उनलाई काठमाडौंको न्युरो अस्पताल ल्याइएको प्रहरीले जानकारी दिएको छ ।

तरुण दलका विशाल वरुवाल, कांग्रेसका कलाकार प्रेमबहादुर रोका र एकेन्द्र पुर्जा पनि घाइते भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।