कात्तिक १८ । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा काठमाडौ क्षेत्र नम्बर चारका उमेद्वार गगन थापाको प्रचारका लागि र्‍याप गीत अघि सारिएको छ ।


नेपाली र्‍याप संगितका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक गिरिशले गगन थापाको चुनावी प्रचारका लागि एक र्‍याप गीत गाएका हुन् ।
भोटफर गगन थापा बोलको सो गीतको शब्द तथा संगीत संयोजन समेत गिरिश आफैले गरेका हुन् । नेपाली यूवाहरु माझ लोकप्रिय गगन थापालाई चुनावमा जीताएर नेपाली राजनीतिलाई अलग उचाइमा पुर्‍याउन आफूले थापाको पक्षमा गीत गाएको गिरिशले बताए ।

गिरिशले गाएको सो गीतको म्युजिक भिडियोमा समेत गिरिशलाई भोट माग्दै गरेको देख्न पाइन्छ । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।