कात्तिक १८ । भक्तपुरको नंखेलमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बा २ ख ५४९२ नम्बरको जिरीबाट काठमाडौं आउँदै गरेको बसले बा ६ प ३७१४ नम्बरको मोटरसाइकलाई ठक्कर दिंदा ओमकार खड्काको निधन भएको हो ।  चित्तपोल गाविस २ का खड्का मोटरसाइकलमा सवारी थिए ।

बसको ठक्करबाट मृत्युपछि बसका चालक भने फरार भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।