सोमबार नेपाली सुनचाँदी बजारमा भाउ स्थिर रहेको छ ।
आइतबार छापावाल सुन तोलामा ३०० रुपैयाँ बढेर ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज (सोमबार) पनि ९९ हजार ६०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च भाउ हो ।
आज तेजाबी सुन ९९ हजार १६० रुपैयाँमा कारोबार भएकाे छ ।
महासंघका अनुसार सुनको भाउसँगै चादीको भाउ पनि स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।