मेलम्ची पहिरोमा बेपत्ता ८ जनाकै शव फेला (मृत्यु हुनेकाे नामावलीसहित)



काठमाडौं । मेलम्चीमा निर्माणाधीन कभर्ड हल पहिरोले पुरिँदा बेपत्ता भएका आठै जनाको शव फेला परेको छ ।

मेलम्ची नगरपालिका वडा नम्बर ११ गैह्रीबजारमा सोमबार बिहान साढे ३ बजेतिर कभर्ड हल पुरिँदा बेपत्ता भएका ८ जनाको शव भेटिएको भेटिएको हो ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

मृत्यु हुनेहरुमा कभर्ड हल निर्माणमा खटिएका मजदुर रहेको प्रहरीले बताएको छ । मृत्यु हुनेहरुमा एक जना भारतीय नागरिक, दुई जना पर्सा र ५ जना सिमराका रहेका छन् ।

मृत्यु हुनेहरुमा ४२ वर्षीय भारतीय नागरिक राजेन्द्र चौरसिया, पर्साको वीरगन्जका ३५ वर्षीय प्रदीप चौरसिया र २१ वर्षीय राजेश चौधरी, बाराको सिमराका २५ वर्षीय विक्रम थिङ, मानबहादुर रुम्बा, २० वर्षीय सिमन घलान, २१ वर्षीय शिवबालक धामी र १७ वर्षीय सोनाम लामा रहेका छन् ।

पहिरोमा परी घाइते भएका ३५ वर्षीय भारतीय नागरिक बारु साहलाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ ।