काठमाडौं । तातोमिठो टिमले खल्ती एप्ससँग सम्झौता गरेपछि आफ्नो गति बढाएको छ ।

खल्ती एप्सको लिंकप्रयोग गरी लागेको शुल्क तिर्न सक्ने सुविधा प्रदान गर्ने सिष्टम विकास भएसँगै अबका दिनमा मिठो परिकारकालागि सम्पूर्ण ग्राहकले तनाव लिनुपर्ने कामबाट छुटकारा पाउने अवस्था सिर्जना भएको छ ।

तातोमिठोले खल्ती एप्स (राष्ट्र बैंकबाट अनुमति प्राप्त डिजिटल भुक्तानी सेवा दिने पेमेन्ट गेटवेसँंग अनलाइन भुक्तानीको लागि साझेदारी गरेपछि अब ग्राहकहरुले आफुले चाहेको रेष्टुरेन्टबाट मिठो खानाको परिकारका साथै खाद्यान्न सामानहरु पनि तातोमिठो एप्सबाट अर्डर गर्नसक्ने व्यवस्था मिलाएको छ ।

तातोमिठोले ग्राहकको सुविधालाई ध्यानमा राख्दै खल्तीसँगको सम्झौतापछि अब ग्राहकले अनलाईन भुक्तानी गर्ने परिपाटी मिलाएपछि ग्राहकले थप सुविधा पुग्ने विश्वास तातोमिठो टिमले लिएको छ । यसकासाथै व्यस्तजीवनमा मिठो परिकारकालागि भौतारिनु पर्ने अवस्थाको अन्त्य भएको छ । तातोमिठो एप्सले खाना पारखीहरुकालागि अबदेखि घरमा बसीबसी मिठो–मिठो खाना विभिन्न छुटका अफरहरु सहित उपलब्ध गराउने सिष्टमको विकास गरेपछि यस्तो अवस्था आएको हो ।

आफ्ना ग्राहकलाई कसरी सस्तो छिटो मिठो र गुणस्तरीय सेवादिन सकिन्छ भन्ने विषयमा दत्तचित्त भएर काम गरिरहेको तातोमिठो एप्सलेविगत ५ महिनादेखि आफ्नो सेवालाई निरन्तरता दिइरहेको छ ।

गुणस्तरीय सेवादिएकै कारण हालसम्म यस एप्समाकाठमाडौँ र ललितपुरका करिब दुई सय भन्दाधेरै रेष्टुरेन्टहरु आबद्ध भइसकेको पनि तातोमिठो टिमले बताएको छ । यस एप्सको मुख्य विशेषताबारे जानकारी दिंदै सो टिमले आफ्नाग्राहकहरुसंग अतिरिक्त शुल्क नलिइ तातोमिठो खाजा र खाना ग्राहकसम्म पुर्याउनु टिमको प्रमुख उद्देश्य रहेको पनि बताएको छ ।

त्यतिमात्रै हैन,यो एप्सको अर्को मुख्यआकर्षण भनेको ग्राहकहरुले थोरै मूल्यका खानाका परिकार पनि अर्डर गर्न सक्ने र त्यस बापत अतिरिक्त शुल्क नलाग्ने बरु उल्टै विभिन्न अफर समेतको व्यवस्था गरेको पनि तातोमिठो टिमले जानकारी दिएको छ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।