काठमाडौं । सरकारले हालै मात्र कोरोना परीक्षण्को मान्यता दिएको बिथ म्यानेजमेन्टले सरकारले तोकेको भन्दा पनि सस्तो दरमा कोरोना परीक्षण गराउने भएको छ ।
विध म्यानेजमेन्ट प्रालीका संचालक बीके भण्डारीका अनुसार अन्तर्राष्ट्रिय बजारमै कोरोना परीक्षणका लागि प्रयोग हुने किट लगायत वस्तुको मूल्यमा भारी गिरावट आइरहेकोले सरकारले तोके भन्दा सस्तो मूल्यमा परीक्षण गराउने जानकारी दिएका छन् ।
निजी प्रयोगशालाले सरकारले तोकेको मूल्य भन्दा एक हजार घटाएर पीसीआर परीक्षण गर्ने घोषणा गर्दा पनि सरकारले भने मूल्य घटाउनेबारे चासो नदिएको पाइएको छ । सरकारले मूल्य नघटउँदा सर्वसाधरणले भने यसको मार खेप्नु परेको छ ।
यता, बिथ म्यानेजमेन्टले ५० ट्राफिक प्रहरीको निःशुल्क कोरोना परीक्षण गरेको छ ।कोरोना परीक्षणका लागि थापाथली वृत्तमा कार्यरत ५० ट्राफिक प्रहरीको स्वाब संकलन गरिएको हो ।
आइताबार थापाथलीमा कार्यरत ५० जना ट्राफिक प्रहरीको स्वाब संकलन गरिएको हो । फिल्डमा खटिएका सुरक्षाकर्मीहरुमा पछिल्लो समय कोरोना जोखिम बढेको छ । सधै सडकमा खट्नुपर्ने भएकाले ट्राफिक प्रहरी अझ जोखिममा छन ।
दुईजना ट्राफिक प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै महानगरी ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी भिमढकाल सहित ३ सय ६५ जना क्वारेन्टीनमा छन ।








