एलएलबीमा १३ हजार परीक्षार्थीमा ७२४ मात्र उत्तिर्ण

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गत एलएलबी प्रथम वर्षमा १४ हजार ८ सय ९९ जना भर्ना भए । गत साउन परीक्षा पनि भयो । परीक्षामा १३ हजार १ सय ३८ सहभागी परीक्षार्थीमध्ये ७ सय २४ अर्थात ५ दशमलव ५१ प्रतिशत मात्र पास भएका छन् ।

शुक्रबार सार्वजनिक नतिजामा ५ दशमलव ५१ प्रतिशत मात्र उत्तिर्ण भएको पाइएको हो । विद्यार्थीको उत्तीर्ण प्रतिशतले भने विद्यार्थी रहरमा मात्रै भर्ना हुने गरेको देखाएको छ।

गत वर्ष वार्षिक प्रणाली अन्तर्गत अन्तिम पटकका लागि भनेर भर्ना गरिकाले पनि धेरै विद्यार्थीले भर्ना गरेको पाइएको छ । सेमेस्टार प्रणालीमा अनिवार्य ८० प्रतिशत हाजिर हुनैपर्ने, असाइन्टमेन्ट बुझाउनुपर्ने, नियमित रुपमा पटक–पटक परीक्षा दिनुपर्ने जस्ता प्रावधान हुने भएपछि गत वर्ष धेरैले वार्षिक प्रणालीमा भर्ना गरेको बुझिएको छ ।

भर्ना गरेर परीक्षा फर्म भरेकाले पनि धेरैले भने परीक्षामा एक दुइ विषयमा परीक्षा दिएर एजेन्ट मात्र गरेर हिडेका कारण पनि ठुलो संख्यामा विद्यार्थी फेल भएको देखिएको पाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।