साेमबार थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएकाे छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला