विराटनगरको कोशी अस्पतालमा कोरोना संक्रमणबाट एक वृद्धको मृत्यु भएको छ ।

ज्वरो र स्वासप्रश्वासको समस्या लिएर सोमबार विहान ९ बजे अस्पताल भर्ना भएका विराटनगर महानगरपालिका– ५ का ७७ वर्षका वृद्धको मृत्यु भएको कोशी अस्पताल विराटनगरका मेडिकल सुपरिटेण्डेन्ट डा. चुमनलाल दासले बताए ।
वृद्धलाई आइसोलेसनमा राखी अस्पतालले १० बजे स्वाब परीक्षण गर्न पठाएको थियो ।

उनको सवा ३ बजे मृत्यु भएको थियो भने त्यसको करिब एक घण्टापछि संक्रमण पुष्टि भएको रिपोर्ट आएको हो ।

विराटनगरको मृत्युपछि नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ५८ पुगेको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।