२१ दिन लकडाउन वा कर्फ्यू लगाउन प्रधानमन्त्रीलाई सुझाव



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विज्ञहरुले लकडाउन कडाइ गर्न वा २१ दिन तोकेर कर्फ्यु लगाउन सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार विज्ञहरुसँग परामर्श गरेका थिए । सो क्रममा कतिपय विज्ञहरुले २१ दिन तोकेर कर्फ्यु लगाउन सुझाव दिएका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

कतिपय विज्ञले लकडाई गर्न सुझाव दिएका छन् भने कतिपयले संक्रमण बढेका स्थानमा सिल्ड गर्ने र नागरिक उत्तरदायित्व बढाउन पहल गर्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओलीले विज्ञहरुका सुझाव सुनेपछि आवश्यक र जायज सुझावहरू कार्यान्वयन गरी अगाडि बढ्ने बताएका छन् ।