लाख नजिक सुनकाे भाउ, आज पनि नयाँ रेकर्ड



आज मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ बढेको छ । सोमबार छापावाल सुन प्रति तोलामा ९९ हजार ६०० रुपैयाँमा कारोबार भएकोमा आज (मंगलबार) तोलामा २०० रुपैयाँ बढेर ९९ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन भाउ हालसम्मकै उच्च मुल्य हाे ।

आज तेजाबी सुन ९९ हजार ३७५ रुपैयाँमा कारोबार भैरहेको छ । महासंघका अनुसार चाँदीको भाउ स्थिर रहेको छ । चाँदी आज तोला १२ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला