माओवादीका पाँच नेता तथा कार्यकर्ता पक्राउ

कात्तिक १७ । प्रहरीले नेकपा माओवादीका पाँच नेता तथा कार्यकर्ता तनहुँमा पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा माओवादीका तमुवान राज्य समिति सचिवालय सदस्य विनोद बिक तमुवान राज्य समिति सदस्य भानु परियार, अखिल क्रान्तिकारी जिल्ला अध्यक्ष अविलाश आचार्य, सचिव वसन्त दरै र पार्टीका जिल्ला सदस्य घनस्याम गौतम रहेका छन् ।

निर्वाचन बहिस्कार सम्बन्धी क्रियाकलाप गरेको अभियोग प्रहरीले परियारलाई शुक्रवार थर्पु गाविसबाट र अन्य ४ जनालाई शनिवार भिरकोट ९ दाङसरी काफलडाँडाबाट पक्राउ गरेको हो ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।