एमालेका दुई कार्यकर्तामाथि रड प्रहार

कात्तिक १७ । बोल्न नसक्ने एक व्यक्तिलाई जिस्काएको निहुँमा  चितवनको मंगलपुरमा आज चुनावी प्रचार–प्रसारका क्रममा एमालेका दुई जना कार्यकर्ता माथि रड प्रहार भएको छ ।

मंगलपुर–६ छहारी चोकमा बोल्न नसक्ने एक व्यक्तिलाई जिस्काएको निहुँमा एमाले कार्यकर्तामाथि रड प्रहार भएको हो ।

एमाले जिल्ला कमिटि सदस्य प्रकाश ढुंगाना र क्षेत्रीय सचिवालय सदस्य विश्वनाथ न्यौपाने स्थानीयले प्रहार गरेको रडबाट घाइते भएका छन् ।

नेकपा एमाले चितवनले भने आफ्नो कार्यकर्तामाथि वाईसिएल कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।