कात्तिक १७ । यम पञ्चकको तेस्रो दिन आज साँझ घरघरमा बत्ति वालि दीपावली गरिएको छ । दीपावालीका साथै हर्ष र उल्लासमय तरिकाले लक्ष्मीको पूजा समेत गरिएको छ ।
आज साँझ सबै घर घरमा सुगन्धित धुप बालेर ढुकुटीमा रुपैंया, सुन, चाँदी तथा बहुमूल्य बस्तुका साथै लक्ष्मीको चित्र राखी पूजा आराधना गरिएको छ ।
रातमा सुगन्धित धुप बालेर ढुकुटीमा रुपैंया, सुन, चाँदी तथा बहुमूल्य बस्तुका साथै लक्ष्मीको चित्र राखी पूजा आराधना गरेका थिए । यस रातलाई सुखरात्रि भन्ने गरिन्छ । राजधानीका शहर बजार तथा मुलुकभरका घर तथा पसलमा बत्ति बालि झिलिमिली हुने गरी सजाइएका छन् ।
लक्ष्मीपूजावारे पद्मपुराणमा कात्तिक महिनाको स्वाति नक्षत्र सहितको औंशीको दिन विहान गाई र वेलुकी लक्ष्मीको पूजा गर्ने उल्लेख गरिएको छ । यस दिनदेखि राति दीपावलि गर्ने परम्परा रहेको छ ।
Comments