काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ । कोरोना संक्रमणबाट २४ घन्टामा काठमाडौंसहित ३ जिल्लामा ३ जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमित काठमाडौं टोखा नगरपालिका–६ की ४१ वर्षीया महिलाको शुक्रबार पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । उनलाई साउन १८ गते कोरोना पुष्टि भएको थियो । उपचारकै क्रममा उनको शुक्रबार मृत्यु भएको हो ।
यस्तै कोरोनाबाट पर्सा वीरगन्ज महानगरपालिका–३ छपकैया बस्ने ७४ वर्षीय पुरुषको साउन २३ गते गण्डक अस्थायी कोभिड अस्पताल वीरगन्जमा निधन भएको मन्त्रालयले जनाएको छ । ती पुरुषमा मृत्युपछि लिइएको स्वाब नमुनाको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । उनी मधुमेह तथा दमका रोगी थिए ।
यस्तै, मोरङ विराटनगर-९ बस्ने ५८ वर्षीय पुरुषको साउन २३ गते कोसी अस्पतालमा शुक्रबार मृत्यु भएको थियो । उनी उच्च रक्तचापका रोगी थिए ।







