कोरोना लागेका पत्रकार भन्छन्,– ‘मलाई भेटेका सबैले स्वाब संकलन गराउनेमा ध्यान दिनुस्’

काठमाडौं । अहिले विराटनगरमा कोरोना संक्रमण तिब्र रुपमा फैलिएको छ । त्यसै क्रममा पत्रकार बाबुराम भण्डारीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उनले आफ्नो अनुभव समेत फेसबुकमा सेयर गर्दै १३ साउन यता आफूसँग भेटघाट गरेका सबैलाई स्वाब संकलन गर्न सचेत समेत गराएका छन् ।

उनले १५ गतेसम्म अफिसमा ठिकठाक काम गरेको तर शुक्रबार बेलुकी अचानक १००.३ ज्वरो आएपछि घरमै बसेको र २१ गते स्वाब दिएको बताएका छन् ।

उनले ४ दिनपछि आफ्नो रिपोर्ट पोजेटिभ आएको जनाएका छन् । उनले अहिले अलि अलि घाँटी दुखेको, छातिभित्र कफजस्तो महसुस भएको जनाउँदै आफू सामान्य अवस्थामा रहेको समेत जानकारी दिएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।