कात्तिक १५ । अछाम क्षेत्र नं. २ को रहफ गाविसको भुलुमा पुगेको एमाओवादी उम्मेदवारसहितको चुनावी प्रचार प्रसारको टोलिलाई नेकपा माओवादीका कार्यकर्ताले लखेटेका छन् ।

प्रत्यक्ष तर्फका उम्मेदवार झंकर रावलसहितको चुनावी प्रचार टोली र चुनाव बहिष्कारमा उत्रेका ३३ दलका कार्यकर्ताबीच बिहीबार साँझ झडप भएको थियो ।

बहिस्कारतर्फका एक कार्यकर्ताले दिएको जानकारी अनुसार प्रचार टोलीको माईकका साथै अन्य प्रचार सामाग्री आफूहरुले कब्जा गरेको बताए।

आफूहरुले नआउन आग्रह गर्दा गर्दै पनि अटेर गर्दा झडप भएको उनले बताए। झडप पछि एमाओवादीको टोली त्यहाँ भागेर कर्णाली नदी किनारामा पुगको छ । दुवै पक्षबीच दोहरो झडपको सम्भावना रहेको छ। प्रचार टोली बुधवार रहफ गाविसमा पुगेको थियो।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।