नेपालमा थप ३८० जनामा कोभिड–१९ सङ्क्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आठ हजार ५१५ जनाको पिसीआर परीक्षण गरिएकोमा ३८० मा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै कूल कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार ९७२ पुगेको छ ।

आज काठमाडौँ उपत्यकामा थप ९२ कोरोनाका सङ्क्रमित देखिएका छन् । काठमाडौँमा ९० र ललितपुरमा दुई जनामा सङ्क्रमण पुष्टि भएको जनाइएको छ ।

मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टानमा कोरोना सङ्क्रमणमुक्त भएर ४० जना घर फर्किएका छन् । आजसम्म कोरोना भाइरस सङ्क्रमणमुक्त भई घर फर्किनेको सङ्ख्या १६ हजार ३५३ रहेको छ ।

मुलुकभर क्वारेन्टिनमा ११ हजार ३८ जना रहेका छन् । हालसम्म चार लाख ४३ हजार ८०४ जनाको पिसीआर परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।