आज थप दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
कास्कीको पोखरा महानगरपालिका–१९ का ६२ वर्षीय एक पुरुषको यही साउन २४ गते उपचारका क्रममा मृत्यु भएको थियो । उनमा मधुमेहको समस्या थियो ।
यस्तै पर्साको वीरगञ्ज महानगरपालिका–२ का २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको थियो । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ७५ पुगेको छ ।
Comments

