अख्तियार प्रमुख घिमिरेलाई कोरोना पुष्टि



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख नविन घिमिरेलाई कोरोना संक्रमण भएको पाइएको छ ।

उनलाई मंगलबार कोरोना पुष्टि भएपछि औपचारिक रुपमा भने सार्वजनिक गरिएको छैन । केही मिडियाकर्मीले सामाजिक सञ्जालमा उनले कोरोना लागेको आफैं सार्वजनिक गर्नुपर्ने तर्क पनि गरिरहेका छन् ।

हाम्रो फेसबुक पेज लाइक गरिदिनु होला

केही सातायता अख्तियार केन्द्रीय कार्यालय, टंगालमा काम गर्ने तीन दर्जन सुरक्षाकर्मी र कर्मचारीमा कोरोना संक्रमण पुष्टी भएको थियो । मंगलबार भने प्रमुख आयुक्त घिमिरेलाई पनि कोरोना पुष्टि भएको हो ।