काडमाडौं २४ मंसिर ।
 डडेल्धुराबाट प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।  देउवा विजयी भएपनि कैलाली ५ मा उम्मेदवार रहेकी उनकी श्रीमती आरजु राणा भने पराजित बनेकी छिन् ।
देउवापत्नीलाई पराजित गरेपछि नारदमुनि 
प्रधानमन्त्री देउवा डडेल्धुराबाट छैटौँपटक विजयी भईरहँदा श्रीमती भने करिब ५ हजार मतान्तरले पराजित बन्न पुगिन् ।
 देउवाले २८ हजार ४४ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका उम्मेदवार माओवादीका खगराज भट्टले २१ हजार ११५ मत ल्याएर पराजित बने ।
उता, आरजु राणाले २२३२२ मत ल्याउँदा वाम गठबन्धन साझा उम्मेदवार एमालेका नारदमुनि राना २७२०२ मत ल्याएर विजयी बने ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।