काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो समय दिनहुँ सय जना भन्दा बढी संक्रमित भेटिन थालेका छन् । दिनदिनै संक्रमितको संख्या फैलिन थालेपछि काठमाडौं उपत्यका कोरोनाकाे हटस्पट बन्न पुगेको छ । शुक्रबार पनि काठमाडौं उपत्यकामा ११९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार काठमाडौं जिल्लामा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शुक्रबार देशभरमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ११९ काठमाडौं उपत्यकामा मात्र फेला परेका हुन् ।


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।