डिजल टंकी पड्किएर यात्रु बसमा आगलागी , ४४ जनाको मृत्यु

कार्तिक । भारत आन्ध्र प्रदेशको  महबूबनगरमा एक यात्रु वाहक बसमा आगलागी  भएको छ ।

आगलागी बाट ४४ जनाको जलेर ज्यान गएको छ ।बसमा  ५० जना सवार रहेका थिए। बसका चालक र सहचालकसहित ७ जनाले बसबाट भाग्न सफल  भएका छन् ।
घटना बिहान ६ बजे महबूबनगर जिल्लाको  पालेमा भएको  थियो । बसको डिजल टंकी पड्किएर बसमा आगो लागेको बताइएको छ ।

ज्यान  जानेमा धेरै जसो  हैदराबादका  यात्रु  रहेका भारतिय सञ्चारमाध्यका  जनाएका  छन् । आगलागी बाट बस पुर्ण रुपमा  जलेर नष्ट  भएको  छ  । 


  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।