काठमाडौँमा मात्र ८ सय कोरोना सङ्क्रमित (हेर्नुहोस् कुन ठाउँमा कति ?)

काठमाडौं । काठमाडौँ महानगरपालिका मात्र काेराेना संक्रमितकाे संख्या करिब ८ सय पुगेकाे छ । हालसम्म चार जनाको निधन भइसकेकाे छ ।

महानगरपालिका भित्र संक्रमितकाे नजिक रहेका एक हजार ५५४ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको छ ।

हालसम्म महानगरका ३३ वडामध्ये वडा २ मा मात्रै कोरोना सङ्क्रमित भेटिएका छैनन् । कन्ट्याक्ट ट्रेसिङ गरिएकामध्ये ५८ जनामा सङ्क्रमण पाइएको छ । महानगरपालिकाले साउन २९ गतेसम्म कोरोना परीक्षणको नतिजा आएको र त्यसपछि गरिएका परीक्षणका लागि पठाइएका व्यक्तिहरूको नतिजा आउनै बाँकी रहेको जनाएको छ ।

जनस्वास्थ्य महाशाखाका वरिष्ठ कविराज निरीक्षक ज्ञानबहादुर ओलीले २२० व्यक्ति घरमै आइसोलेसनमा रहेकाे बताए । प्राप्त विवरण अनुसार सबैभन्दा धेरै सङ्क्रमितको सङ्ख्या वडा नं. ४ मा देखिन्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा गरिएको परीक्षणबाट आएका सङ्क्रमित यही वडामा जोडिएकाले यस वडामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो । वडा नं. २ मा अहिलेसम्म कोही पनि सङ्क्रमित भेटिएका छैनन् । सो वडाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ भन्छन्, “वडामा प्रचारप्रसार गरेका छौँ, सुक्खा खोकी लाग्ने, हनहनी ज्वरो आउनेले खबर गर्नोस् भनेका छौँ, अहिलेसम्म कोही पनि मलाई यस्तो भयो भनेर वडामा आउनुभएको पनि छैन, अन्य व्यक्तिले जँचाएर सङ्क्रमण भएको पनि थाहा छैन ।”

वरिष्ठ कविराज निरीक्षक ओलीका अनुसार महानगरमा वडा नं. १ बाट ३७, वडा नं. ३ बाट प्रहरी अस्पतालबाहेक ३४ जना सङ्क्रमितको सङ्ख्या दर्ता भएको छ । यस्तै वडा नं. ४ बाट अख्तियारसहित ६१, वडा नं. ५ बाट १७, वडा नं. ६ बाट १५, वडा नं. ७ र ८ बाट क्रमशः १०/१० जना सङ्क्रमित देखिएका छन् ।

यसैगरी, वडा नं. ९ मा पाँच, वडा नं. १० मा ३८, वडा नं. ११ मा १९, वडा नं. १२ मा १२, वडा नं. १३ मा ३३, वडा नं. १४ मा ५६, वडा नं. १५ मा १३, वडा नं. १६ मा ४६, वडा नं. १७ मा १४ जना सङ्क्रमित देखिएका छन् ।

यस्तै, वडा नं. १८, १९, २० र २१ मा एक/दुई जना देखिएका छन् भने वडा नं. २२ मा चार जना देखिएका छन् । वडा नं. २३ मा १०, वडा नं. २४ मा २५, वडा नं. २६ मा १७, वडा नं. २७ मा ३४, वडा नं. २८ मा २७, वडा नं. २९ मा ३०, वडा नं. ३० मा १४, वडा नं. ३१ मा २८ र वडा नं. ३२ मा ५३ जना सङ्क्रमित देखिएको जानकारी महानगरपालिकाले दिएको छ ।

सङ्क्रमितको पहिचान, सङ्क्रमितको प्रत्यक्ष र अप्रत्यक्ष सम्पर्कमा रहेकाहरूको खोजी र निगरानी गर्ने कामलाई व्यवस्थित बनाउन महानगरले कन्ट्याक्ट ट्रेसिङ काकाठमाडौँमा र्यलाई तीव्र बनाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।