कात्तिक १२ । घोषित ४ मंसिरको निर्वाचनका लागि २ वटा हेलिकप्टर भारतबाट ल्याइने भएको छ ।

रक्षा मन्त्रालय स्रोतका अनुसार भारत सरकारले सहयोग स्वरूप प्रदान गर्न लागेको दुइवटै हेलिकप्टर नेपाली सेनाबाट प्रयोग हुने छ । उक्त हेलिकप्टर दुई साताभित्र भित्रने कान्तिपुरमा खबर छ ।

पछिल्लो पटक प्रधानसेनापति गौरवशमशेर राणा भारत भ्रमणमा जाँदा त्यहाँका सरकारी अधिकारीहरूसँगको भेटमा यस विषयमा सहमति भएको थियो ।

नेपाल ल्याइएपछि हेलिकप्टर तीन महिना परीक्षणका रूपमा उडाइने र ठीक नलागे फिर्ता गरिने बताइएको छ ।

रक्षा अधिकारीहरूका अनुसार ती हेलिकप्टर चलाउने तालिमका लागि प्रशान्तबहादुर पाण्डेसहितका ६ जना सैन्य पाइलटहरू भारत जाने भएका छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।