ओम हमाल/पोखरा
कात्तिक ११ । सरकार संविधानसभा चुनावविरोधी दलहरुविरुद्ध कठोररुपमा प्रस्तुत भईरहेका
बेला संविधानसभाको चुनाव वहिष्कारको आन्दोलनमा रहेका दलहरुले आसन्न मंसीर ४
गतेको संविधानसभा चुनाव हुनै नसक्ने गरी आयोजित राष्ट्रव्यापी दशदिने आम
हड्ताल सफल पार्न आम जनसमुदायसमक्ष आग्रह गरेको छ ।

मोहन वैद्य नेतृत्वको
नेकपा-माओवादी लगायतको आन्दोलनरत ३३ दलीय मोर्चा अन्तरगतको संयुक्त आन्दोलन
परिचालन समिति , तमुवान राज्य समितिस्तरको सोमबार सम्पन्न बैठकले आम
जनसमुदायलाई यस्तो आग्रह गरेको हो ।

बैठकपश्चात् संयुक्त रुपमा जारी गरिएको प्रेस
विज्ञप्तिमा १२ बुदे सहमति, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानलाई
ध्वस्त पार्दै विदेशी शक्तिहरुको गुरुयोजनामा प्रायोजित कथित संविधान सभाको
दोस्रो निर्वाचन नेपालको आन्तरिक मामिलामा बाह्य हस्तक्षेपको नागों
दृष्टान्त भएको कुरा उल्लेख गर्दै मंसीर ४ गते लादिएको राष्ट्रघाती
जनविरोधी तथा प्रतिगामी कथित संविधान सभाको निर्वाचनलाई सशक्त बहिष्कार
गर्न यही कार्तिक २५ गतेदेखि मंसीर ५ गतेसम्मको देशब्यापी आम हड्ताल (नेपाल
बन्द) भब्यतापूवर्क सफल पार्न आव्हान गरिएको छ ।

सो विज्ञप्तिमा आफूलाई कथित चार दलका शीर्ष नेता
ठान्नेहरु नै बाह्य शक्तिहरुको एक नम्वर दलाल बन्न एक आपसमा प्रतिस्पर्धा
गरिरहेको उल्लेख गर्दै झनै निर्वाचन जस्तो नितान्त आन्तरिक मामिलामा
राष्ट्रिय सुरक्षार्थ गठित नेपाली सेनालाई परिचालन गरि मूलुकलाई अर्को
भिडन्त तिर धकेलेको आरोप लगाइएको छ । देशलाई बाह्य हस्तक्षेपबाट मुक्त गरी
निर्वाचन लगायत आन्तरिक मामिलाहरुमा दलहरु आफैले निर्णय गर्न सक्ने र पाउने
ब्यवस्था कायम गर्न राजनीतिक दलहरु बीच राष्ट्रिय सहमति कायम भएमा मात्र
देशले निकास पाउने कुरामा उक्त विज्ञप्तिमा जोड दिइएको छ ।

सो विज्ञप्तिमा नेकपा-माओवादीका तमुवान राज्य
समितिका सहसेक्रेटरी हरिबहादुर चुमान -अजित) नेकपा एकीकृतका केन्द्रीय
सदस्य रामजी थापा, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका भक्त रसाइली,
आदिवासी जनजाति पार्टीका तमु मानबहादुर लामिछाने र संयुक्त जनमोर्चा
नेपालका रामबहादुर गिरीले हस्ताक्षर गरेका छन् ।