कार्तिक । साउदी अरबमा ड्राइभिङ गरेका अभियोगमा ६० महिलालाई प्रहरीले प्रक्राउ गरेको छ ।
प्रक्राउ परेका प्रत्येक महिलालाई ८० डलर जरिवाना तिराइएको छ भने पुन: गाडी  नचलाउने सर्तमा  उनी हरुलाई परिवारको पुरुष व्यक्तिलाई जिम्मा लगाइएको छ ।
सउदी अरबमा सन् १९९० देखी  महिलाहरुलाई ड्राइभिङ  गर्न रोक  लगाइएको  थियो ।
सउदी अरबका महिलाले पुरुषले जस्तै महिलाले पनि ड्राइभिङ  गर्न पाउनु पर्ने  भन्दै  माग राखिरहेका छन् । तर सरकारले यस बिषयमा  तयार  भएको  छैन ।
 प्रसासनले  कारवाही गरेपछि केही महिलाहरुले राजधानी रियादमा बिरोध स्वरुप केही समय  यातायात  अवरुद्ध गराएका  थिए । बिरोधको कारण रियादमा ट्राफिक समस्या देखा परेको थियो । – एजेन्सी
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।