कार्तिक ११  । एकिकृत नेकपा माओवादीका अध्यक्ष  पुष्पकमल दाहाल (प्रचण्ड) ओखलढुंगा आउने भए पछि नेकपा माओवादीले ओखलढुंगा जिल्ला बन्द गराएको छ ।

बन्दका कारण सडक अवरुद्ध  भएपछि  प्रचण्ड हेलिकप्टर चढेरै ओखलढुंगा जाने भएका  छन् । नेकपा माओवादीले प्रचण्डको चुनाबी कार्यक्रम बिथोल्न माओवादीले जिल्ला बन्द गराएको जनाएको छ ।

 बन्दका कारण बिहानै देखी  लामो तथा छोटो दुरीको सवारीहरु चलेका छैनन्  ।ओखलढुंगामा  प्रचण्ड आउने भएपछि  उनको सुरक्षाको लागी प्रहरी प्रसासनलाई भ्याइनभ्याइ  भएको  बताइएको छ ।

 बन्दका कारण सदरमुकाम ओखलढुंगा,  हर्कपुर, जयरामघाट,पत्ताले लगायतका  स्थानमा ठुलो सख्यामा प्रहरी खटाइएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।