कात्तिक ११ । काठमाडौँ क्षेत्र नम्बर ५ बाट दोस्रो संविधानसभा निर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार नरहरी आचार्यको गाडीमा आगजनीको प्रयास भएको छ ।
प्रहरीले गाडीमा आगजनीको प्रयास गरिएपनि असफल भएको र गाडी सुरक्षित रहेको बताएको छ ।
नेता आचार्यले प्रचार प्रसारको लागि प्रयोगमा ल्याएको बा ६ च ४१९ नम्बरको गाडीमा काठमाडौको धापसी गाविसको कृण्ण मन्दिर नजिकै आगजनीको प्रयास गरिएको हो ।
प्रचार प्रसारको क्रममा धापासीमा रहेको उक्त गाडी रोकेर राखिएको अवस्थामा मोटरसाईकलमा आएको एक समुहले आगजनी गरी फरार भएका छन् ।
आगजनीबाट गाडीको अगाडीको भाग सामान्य क्षति पुगेको बताईको छ । घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।