फ्लोरिकल्चर एसोसिएसन नेपालले जावलाखेलमा सम्पन्न मेलामा गतवर्ष रु १९ लाखको कारोबार भएकोमा यो वर्ष करिब रु दुई लाख आम्दानी बढेर रु २१ लाखको कारोबार भएको एसोसिएसनका अध्यक्ष लोकनाथ गैरेले जानकारी दिए।
हरेक वर्ष दोस्रो ठूलो चाड तिहारलाई लक्षित गरेर आयोजना गरिने सो मेलामा मखमली, गोदावरी र सयपत्री फूललाई मुख्य स्थान दिँदै आएको छ।
गत वर्षको तुलनामा यसवर्ष भन्दा १० वटा कक्ष बढाएर ३४ वटा कक्ष राखिएकाले अन्य फूलले पनि स्थान पाएको गैरेले जानकारी दिउ।
गत वर्षको तुलनामा दर्शकको सङ्ख्यामा समेत वृद्धि भई २० हजारबाट २३ हजार पुगेको उनले जानकारी दिए।
उनका अनुसार ३४ ओटा कक्ष रहेको मेलामा करिब २०० भन्दा बढी प्रजातिका फूल प्रदर्शनमा राखिएको थियो।
मकवानपुर, चितवन, कास्की, काभ्रेपलान्चोक र उपत्यकाका तीनवटै जिल्लामा व्यावसायिक रूपमा नै फूलखेती हुन थालेपछि देशमा करिब २० प्रतिशत मात्र अन्य देशबाट फूल ल्याउनुपर्छ।







