कात्तिक १० । चुनाव मुखमै एकीकृत नेकपा माओवादी केन्द्रीय सदस्य बसन्त नेपालले पार्टीबाट राजीनामा दिएका छन् ।

बारा कलैया-४ का नेता नेपालले आइतवार पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएको राससले उल्लेख गरेको छ ।

आफ्नो व्यक्तिगत कार्यव्यस्तताले राजनीतिक जीवनबाट सन्यास लिने सोचमा पुगेको बताइए पनि पार्टीभित्रको नातावाद, कृपावादका साथै पार्टी देश विकासको सट्टा अर्कै दिशातर्फ अघि बढेको ठहर गर्दै पार्टी परित्याग गरेको बुझिएको छ ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।