काठमाडौं । व्यक्तिको बानी कस्तो छ, त्यही अनुसार उसले जीवनमा सफलता या असफलता पाउँछ । धनी या गरिब बन्नुमा पनि मानिसको बानीले प्रभाव पार्छ ।

मानिस सफल बन्न र धनी बन्नको लागि अगाडी बढ्ने चाहना राख्नुपर्छ । यदि तपाईंमा अगाडी बढ्ने चाहना छ र नयाँ कुरा सिक्ने बानी, आफ्नो गल्तीलाई सुधार्दै र विगतलाई स्वीकार्दै हिंड्ने बानी छ भने तपाईं सफल बन्न सक्नुहुन्छ । त्यस्ता व्यक्तिमा आफूले केही प्राप्त गर्ने राम्रो जीवनयापन गर्ने सपना, सुविधासम्पन्न जीवनशैलीको चाहना हुन्छ, जसले गर्दा उसले त्यो प्राप्त गर्न कडा मेहनत गर्छ ।

सफल र धनी बन्ने व्यक्तिले प्रत्स्पर्धा गर्छन् । उनीहरु हिजो भन्दा आज राम्रो गर्न चाहन्छन् र अरुले गर्ने भन्दा आफूले केही फरक गर्न चाहन्छन् । त्यस्ता व्यक्तिहरुमा जिद्दीपना पनि बढी हुन्छ । जिद्दीपना बढी भएकै कारण उनीहरुले आफ्नो लक्ष्यबाट बाटो मोड्दैनन् र आफूले चाहेको कुरा प्राप्त गरेरै छोड्छन् । जिद्दीपनाले गर्दा नै उनीहरुले आफ्नो कामलाई प्राथमिकतामा राख्छन् । आफ्नो कामलाई प्राथमिकतामा राख्ने व्यक्ति सफल हुन्छ ।

सफल र धनी व्यक्तिहरु छिटो काम सक्न चाहन्छन् । उनीहरुले आफ्नो जीम्मेवारी लिन्छन् । त्यसैले उनीहरुले काममा केन्द्रित भएर र जिम्मेवारपूर्ण भएर काम गर्छन् । यसले गर्दा उनीहरुको काम समयमै सकिन्छ र उनीहरु अगाडी बढ्न समेत सक्छन् । मान्छे जति काम गर्यो , त्यति अगाडी बढ्न सक्छ ।

सफल हुने व्यक्तिहरु कल्पनामा हराउँछन् । यसले गर्दा उनीहरुले आफ्नो वरिपरिको वातावरण भन्दा छुट्टै सोंच राख्ने क्षमता राख्छन् । त्यस्तै कल्पना गर्दा उनीहरुले आफूले सफलता हासिल गरेको, आफ्नो लक्ष्य पूरा भएको कल्पना देख्छन् । यसले गर्दा उनीहरुमा आफ्नो लक्ष्य प्राप्त गरिछाड्ने दृढता बढ्छ, उनीहरुले आफ्नो सपनालाई माया गर्न थाल्छन् र त्यसको लागि मेहनत गर्छन् ।

Comments

  • हेलोखबरमा प्रकाशित कुनै पनि सामग्रीबारे केही गुनासो तथा सुझाव भए हामीलाई [email protected] मा पठाउन सक्नुहुनेछ । धन्यवाद ।